भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार राहत

भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार राहत

धादिङ । भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले जनही ४० हजार रुपैयाँ राहत उपलब्ध गराउन थालेको छ । नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त तथा परिवारजनको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । भोटेकोशीको बाढीमा नीलकण्ठ नगरपालिकाका ३८ जना नागरिक प्रभावित भएको प्रारम्भिक विवरण रहेको छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन छन् । बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै केही परिवारले अन्तिम काजकिरिया समेत सुरु गरेका छन् । सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार