अल्बानीजद्वारा बाढी प्रभावित नेपालीप्रति ऐक्यबद्धता

अल्बानीजद्वारा बाढी प्रभावित नेपालीप्रति ऐक्यबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपालको राष्ट्रिय शोकका दिन विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेका छन्। अष्ट्रेलियाली संसदमा सम्बोधन गर्दै उनले विपत्तिमा ज्यान गुमाउनेहरू तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिमा रहेका नेपाली जनतासँग अष्ट्रेलियाको साथ रहेको बताएका हुन्। भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको पृष्ठभूमिमा अल्बानीजको यस्तो अभिव्यक्ति आएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार