काठमाडौं । नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले बाढीपहिरोमा परी ज्यान गुमाएका पीडितहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पीडितहरूको शोकमा दूतावास परिसरमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाइएको हो। दूतावासले चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिने बताउँदै कठिनाइहरूलाई मिलेर पार गर्दै घर तथा समुदायको पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। भदौ १० गते आएको भोटेकोशी बाढीका कारण नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण नेपाल–चीन जोड्ने केरुङ नाका समेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ।