• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

जग्गा विवादमा आफ्नै भाइलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ

जग्गा विवादमा आफ्नै भाइलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ

सुर्खेत । जग्गाको विषयलाई लिएर आफ्नै भाइलाई कालोमोसो दल्ने एक व्यक्तिलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१, टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार मंगलबार बिहान ८ः५५ बजे वीरेन्द्रनगर नगरपालिका–२, टेम्पोपार्कमा बस्ने आफ्ना ६३ वर्षीय भाइ नारायणप्रसाद शर्मालाई जग्गाको विषयलाई लिएर लक्ष्मणप्रसादले कालोमोसो छ्यापेका थिए। घटनाबारे प्रहरी चौकी बाङ्गेसिमलमा खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा खटिएको दुई सदस्यीय प्रहरी टोलीले लक्ष्मणप्रसादलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार