• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप पठाइयो

बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप पठाइयो

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न हैजाविरुद्धको खोप तथा आवश्यक सामग्री पठाएको छ। मन्त्रालयका अनुसार आज नुवाकोटका लागि ८० हजार ५२३ डोज अर्थात् २३ बक्स हैजाविरुद्धको खोप पठाइएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्यागसमेत पठाइएको छ।

यसअघि रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ। रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार