• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

इशानको अर्धशतकसँगै नेपाल दबाबमा, जितका लागि ९३ रन आवश्यक

इशानको अर्धशतकसँगै नेपाल दबाबमा, जितका लागि ९३ रन आवश्यक

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । नेपालका युवा ब्याट्सम्यान इशान पाण्डेले अर्धशतक पूरा गर्दै टोलीको इनिङ सम्हालिरहेका छन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएका इशानले संयमित इनिङ खेल्दै ८२ बलमा २ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाएर खेलिरहेका छन् । ४० ओभरको खेल सकिँदा नेपालले १६९ रन जोडेको छ । क्रिजमा इशानलाई गुल्शन झाले साथ दिइरहेका छन् । नेपाललाई जितका लागि अब १० ओभरमा ९३ रन आवश्यक छ । नेपालको ओपनिङ जोडी आसिफ शेख र अर्जुन कुमालले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । त्यसपछि भने नेपालले नियमित अन्तरालमा विकेट गुमाउँदा दबाबमा आएको हो । आसिफ ४४ रन बनाएर आउट भएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार