ग्यास अभावमा उद्योगमन्त्री यादवको आक्रोश : ‘उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज हुँदैन’

ग्यास अभावमा उद्योगमन्त्री यादवको आक्रोश : ‘उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज हुँदैन’

काठमाडौं । उद्योगमन्त्री गौरी यादवले मुलुकमा देखिएको ग्यास अभावको मुख्य कारण उद्योगी व्यवसायी र कर्मचारीतन्त्र रहेको आरोप लगाएकी छन्। उनले कर्मचारीहरूले आफूलाई असहयोग गरेको तथा उद्योगी व्यवसायीको प्रभावमा परेर काम गर्ने गरेको दाबी गर्दै यस्तो अवस्थामा मन्त्रालयले चाहेजस्तो सुधार गर्न नसकेको बताइन्।आज उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योग रहेको उल्लेख गर्दै यति धेरै उद्योग आवश्यक नरहेको धारणा राखिन्। उनले नेपालजस्तो मुलुकमा बढीमा दुईवटा ग्यास उद्योग भए पुग्ने भन्दै धेरै उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताइन्। “हामीसँग ग्यास उद्योग ५८ वटा छ । अब ५९ वटा बनाउने हो कि होइन ? हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन,” उनले भनिन्।

ग्यासको आपूर्ति सहज बनाउन आफूले उद्योगी व्यवसायीलाई पटक–पटक आग्रह गरे पनि अपेक्षित परिणाम नआएको मन्त्री यादवको भनाइ थियो। उनले आफूले उद्योगीहरूलाई राखेर ग्यास आपूर्ति सहज बनाउन हात जोडेर आग्रह गरेको तर आग्रहबाट मात्रै समस्या समाधान हुन नसकेको बताइन्।मन्त्री यादवले कर्मचारीतन्त्रप्रति समेत कडा आक्रोश व्यक्त गरिन्। उनले आफूले कानुन तथा विधेयकमा आवश्यक परिवर्तन गर्न निर्देशन दिँदा कर्मचारीहरूले असहयोग गर्ने गरेको आरोप लगाइन्। उद्योगी व्यवसायीले जे सुझाव दिन्छन्, कर्मचारीहरूले त्यहीअनुसार विधेयक तथा नियम बनाउने गरेको दाबी गर्दै उनले भनिन्, “तपाईं १० चोटि भन्नुस्, ‘मिल्दैन’ भनेर भन्छ । के गरौँ ?”उनले बलियो सरकार हुँदासमेत कर्मचारीको असहयोगका कारण आफूले काम गर्न नसकेको गुनासो गरिन्। कर्मचारीहरूले साथ नदिएसम्म मन्त्री वा सरकारले मात्रै चाहेर कुनै पनि सुधार सम्भव नहुने उनको भनाइ थियो। “कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न,” उनले भनिन्।

मन्त्री यादवले नेपालमा उद्योग सञ्चालनको वातावरणसमेत उद्योगीको स्वार्थअनुकूल बनाइएको आरोप लगाइन्। उनले कच्चा पदार्थ महँगो पर्ने तर तयारी वस्तु सस्तोमा आयात हुने अवस्थाले स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको बताइन्। यस्तो अवस्थामा उद्योग खोल्ने वातावरण नै कमजोर बनेको उनको भनाइ थियो।उनले सरकारी समितिहरूबाट उद्योगी व्यवसायीलाई हटाउनुपर्ने धारणा पनि राखिन्। देशहित र राष्ट्रहितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने भन्दै उनले नीति निर्माण

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार