• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

विद्युत् दुर्घटनामा घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

विद्युत् दुर्घटनामा घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारी शेरबहादुर मगरलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका मगरलाई विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति तथा उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा गत चैत ११ गते करेन्ट लागेर घाइते भएका २५ वर्षीय मगरलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो। मगरले यसअघि नै १० लाख रुपैयाँ पेस्की लिइसकेका छन् भने अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार