• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

ग्यास अभावविरुद्ध आरआर क्याम्पस गेटमै दाउरामा खाना पकाएर विद्यार्थीको विरोध

ग्यास अभावविरुद्ध आरआर क्याम्पस गेटमै दाउरामा खाना पकाएर विद्यार्थीको विरोध

काठमाडौं । बजारमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउन विद्यार्थीहरूले सांकेतिक विरोध गरेका छन्। अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएका हुन्।

विद्यार्थीहरूले गेटमै पकाएको खाना बसेर खाँदै ग्यास अभावले आफूहरूको दैनिक जीवन र पढाइमा समेत असर परेको बताएका छन्। ग्यासको लाइनमा बस्नुपर्दा कतिपय विद्यार्थी पढाइ छाड्न बाध्य भएको र डेरामा खाना पकाउनसमेत समस्या भएको उनीहरूको गुनासो छ।ग्यास नपाउँदा चाउचाउ र बिस्कुटको भरमा बस्नुपरेको भन्दै विद्यार्थीहरूले तत्काल सहज र पर्याप्त ग्यास आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार