• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका जाने

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका जाने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा प्रतिनिधिमण्डललाई अमेरिका जाने स्वीकृति प्रदान गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन्। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय विषयमा धारणा राख्नेछन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार