• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

काठमाडौँमा ग्यास अभाव चर्किँदा उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौँमा ग्यास अभाव चर्किँदा उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि विभिन्न बिक्री केन्द्र तथा डिलर अगाडि खाली सिलिन्डर बोकेका उपभोक्ताको लामो लाइन लाग्न थालेको छ। कतिपय स्थानमा बिहानैदेखि सडकसम्म फैलिएको भीडमा उपभोक्ता घण्टौँ बसे पनि ग्यास पाउने निश्चितता गर्न सकेका छैनन्। नेपाल आयल निगमका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भए पनि वैकल्पिक मार्गबाट ग्यास ल्याउने व्यवस्था गरिएको छ। निगमको तथ्याङ्कअनुसार भदौ १८ देखि २० गतेसम्म काठमाडौँ उपत्यकामा ८७ हजार ८७७ सिलिन्डर ग्यास भित्रिएको छ। भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर उपत्यकामा ल्याइएको निगमले जनाएको छ। सडक नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिए पनि बजारमा भने ग्यासको अभाव र उपभोक्ताको लामो लाइन कायमै रहेकाले आपूर्ति तथा वितरण प्रणाली प्रभावकारी हुन नसकेको देखिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार