तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका–६ का २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा चालक थिङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनालगत्तै प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार