काठमाडौं । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजालाई लक्षित गर्दै मूर्तिकारहरू मूर्ति बनाउन र सजाउन व्यस्त भएका छन् । पूजा नजिकिँदै गएसँगै विभिन्न स्थानबाट अर्डर तथा बुकिङ आउन थालेपछि मूर्तिकारहरू विभिन्न आकारका विश्वकर्माका मूर्ति निर्माण, रंगरोगन तथा श्रृंगारमा जुटेका हुन् । यस वर्ष विश्वकर्मा पूजा बिहीबार परेको र मंगलबार वा बुधबारसम्म मूर्ति तयार गरिसक्नुपर्ने भएकाले उनीहरूलाई कामको चाप बढेको छ । ललितपुरको गुसिङ्गाल क्षेत्रमा पनि अहिले विश्वकर्माको मूर्ति निर्माण तथा सजावटको काम धमाधम भइरहेको छ ।