• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

घरजग्गा कारोबारमा ठूलो सुधार, एक वर्षमै ७ खर्ब २० अर्बको किनबेच

घरजग्गा कारोबारमा ठूलो सुधार, एक वर्षमै ७ खर्ब २० अर्बको किनबेच

काठमाडौँ । पछिल्लो समय शिथिल बनेको घरजग्गा कारोबारमा गत आर्थिक वर्ष उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको तुलनामा झन्डै दोब्बर हो । समीक्षा अवधिमा घरजग्गा कारोबार सङ्ख्या ४.७४ प्रतिशत र कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ भने कारोबारबाट प्राप्त सरकारी राजस्व ४८.२६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको र घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ६.१३ प्रतिशतले वृद्धि भई ७ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत रूपमा बागमतीमा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ भने मधेसमा कारोबार सङ्ख्या र क्षेत्रफल घटेको छ । स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या १५५.७४ प्रतिशतले बढेको छ भने कारोबार भएको क्षेत्रफल २०८.२२ प्रतिशत र कुल मूल्य २१७.४० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार