• २०८३ भाद्र ३० गते मङ्गलवार
  • Preeti To Unicode

आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसदको माग

आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसदको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सातामा दिइँदै आएको आइतबारको सार्वजनिक बिदा हटाएर शनिबार मात्रै साप्ताहिक बिदा कायम गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन बिदा दिँदा शैक्षिक संस्थाको पठनपाठनलगायत विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताए । उनले आइतबारको बिदा आवश्यक नरहेको उल्लेख गर्दै सरकारले पहिलेकै व्यवस्था कायम गर्नुपर्ने माग गरे । सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि इन्धनको खपत कम गर्ने उद्देश्यले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सांसद भाटले विपद्को समयमा सहयोग गर्ने मुस्लिम समुदायलगायत सबैलाई धन्यवादसमेत दिएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार