सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख १ हजार ८ सय

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख १ हजार ८ सय

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ४ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार