रूसबाट तेल–ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म महसुल लगाउने अमेरिकी विधेयक

रूसबाट तेल–ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म महसुल लगाउने अमेरिकी विधेयक

काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स रूसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने तयारीमा पुगेको छ। ‘लिन्डेसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको प्रस्तावित विधेयकले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल तथा ग्यास खरिद गर्ने देशहरूमाथि १०० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने अधिकार दिने व्यवस्था गरेको छ।

विधेयकमा रूससँग कारोबार गर्ने देशहरूमाथि थप शुल्क लगाउन सकिने प्रावधान राखिएको छ। संशोधनमा भारतको नामसमेत स्पष्ट रूपमा उल्लेख गरिएको समाचारमा जनाइएको छ। यसअनुसार रूसबाट ऊर्जा खरिद गर्ने भारतजस्ता देशका सामानमा अमेरिकी बजारमा थप १०० प्रतिशतसम्म महसुल लगाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

समाचारअनुसार उक्त विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट भारी बहुमतले पारित भइसकेको छ। अब हाउस अफ रिप्रिजेन्टेटिभ्समा मतदान हुन बाँकी छ। आगामी बिहीबार विधेयकमाथि मतदान हुने अपेक्षा गरिएको छ। हाउसबाट पनि विधेयक पारित भएमा रूससँग ऊर्जा कारोबार गरिरहेका देशमाथि अमेरिकी व्यापारिक दबाब थप बढ्न सक्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार