• २०८३ कार्तिक २८ गते शुक्रवार
  • Preeti To Unicode

१० लाख ल्याए ३० लाख दिने भन्दै नक्कली नोट दिएर ठगी, दुई जना पक्राउ

१० लाख ल्याए ३० लाख दिने भन्दै नक्कली नोट दिएर ठगी, दुई जना पक्राउ

काठमाडौं । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको बल्खुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिलाई १० लाख रुपैयाँ ल्याएमा ३० लाख रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेका थिए। त्यसपछि १० लाख रुपैयाँ लिएर ३० लाख रुपैयाँ बराबरको नक्कली नोट दिएर ठगी गरेको आरोप उनीहरूमाथि छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार