स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल

काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो। डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए। यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार