सञ्चारकर्मी आन्दोलनमा उत्रिनुपर्ने अवस्था दुःखद् : सांसद पन्त

सञ्चारकर्मी आन्दोलनमा उत्रिनुपर्ने अवस्था दुःखद् : सांसद पन्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद (हरि) पन्तले सरकारका पछिल्ला निर्णयविरुद्ध सञ्चारकर्मीहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूले उठाएका मागलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराएका हुन्। मुलुकको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रका प्रतिनिधिहरू आफ्ना पेसागत हकहितका लागि सडकमा उत्रिनुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि शुभ सङ्केत नभएको उनको भनाइ थियो।

सांसद पन्तले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने किसिमका गतिविधि तत्काल बन्द गर्नुपर्नेमा जोड दिए। साथै, आन्दोलनरत नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूसँग अविलम्ब संवाद गरी उनीहरूका जायज माग यथाशीघ्र सम्बोधन गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार