दीर्घायुकुमार श्रेष्ठले सम्हाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी

दीर्घायुकुमार श्रेष्ठले सम्हाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। श्रेष्ठले आज प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन्। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि श्रेष्ठ प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार