आजपाको उपत्यका विशेष कमिटी पुनर्गठन, पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी

आजपाको उपत्यका विशेष कमिटी पुनर्गठन, पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी

काठमाडौं । आम जनता पार्टी (आजपा)ले उपत्यका विशेष कमिटी पुनर्गठन गरेको छ। पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन गरिएको हो। नयाँ कमिटीको उपाध्यक्षमा निरञ्जन पौडेल, देवकुमारी साह, शिवशंकर पटेल, वीरवल यादव र तेजनारायण चौधरी रहेका छन्। सचिवमा रवि ध्वज कार्की, सहसचिवमा राजेश शर्मा, साहिल साह र लक्ष्मी मगर तथा कोषाध्यक्षमा मीनादेवी साह चयन भएका छन्। आजपाका संगठन विभाग प्रमुख त्रिभुवन साहद्वारा जारी विज्ञप्तिअनुसार कमिटीको इन्चार्जमा तिलक थापा मगर तथा सहइन्चार्जमा धनकुमारी मगर, देवी पण्डित, रन्जू कुमारी साह, विजय यादव र उपेन्द्र साह रहेका छन्। कमिटीका सदस्यमा रामशरण यादव, चन्द्रिकालाल साह, प्रेम थापा, अनिता थापा, इन्दल साह, सीमा जयसवाल, संजीता कुशवाहा, ई. प्रेम साह, रन्जित साह, श्रीकिसुन वैठा, उपेन्द्र रौनियार, सुरेश साह, सुनिल साह, दिपेन्द्र चौधरी, रामप्रवेश पटेल, संजय साह, प्रदीपजंग कार्की, मनीषा राई, सुस्मिता कार्की, प्रिया यादव, राजकुमार राम, राहुल साह, रामाशंकर साह, शम्भु जयसवाल, गोपाल जयसवाल, प्रमोद साह, अजय साह र गौरीप्रसाद जयसवाललगायत रहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार