काठमाडौँ । त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। गत सोमबार त्रिपुरेश्वरमा चालक अर्जुन दोङ तामाङले ट्राफिक प्रहरीसँग विवाद भएपछि बसमा आगजनी गरेका थिए। आगजनीका क्रममा गम्भीर घाइते भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको वास्तविक कारण र परिस्थितिबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै सङ्गठनले प्रदर्शन गरेको हो।