काठमाडौँ। प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूलाई असोज १६ गतेभित्र सम्बन्धित संसदीय समितिमा पठाउने गरी काम अघि बढाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बुधबार बसेको बैठकमा प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी विधेयकको संख्या धेरै रहेकाले तिनलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने विषयमा परामर्श गरिएको हो। विधेयकको कार्यभार व्यवस्थापन गर्न असोज ८ र १२ गतेसमेत प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने विषयमा छलफल भएको छ। यस्तै, २०८३ असोज ७ देखि १६ गतेसम्मको सम्भावित कार्यतालिकाभित्र उपलब्ध कार्यभार व्यवस्थापन गर्ने विषयमा पनि समितिले सुझाव दिएको छ।