मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री गुरुङ अनुगमनमा

मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री गुरुङ अनुगमनमा

काठमाडौं । मनोहरा खोलामा बाढीको सतह बढेपछि गृहमन्त्री सुधन गुरुङ स्थलगत अनुगमनमा पुगेका छन्।

गृहमन्त्री गुरुङ केहीबेरअघि च्यासलनजिकै पुगेका हुन्। उनको सचिवालयका अनुसार उनले बाढीको अवस्था तथा सम्भावित जोखिमबारे स्थलगत जानकारी लिएका छन्।गुरुङ नेकपा एमालेको केन्द्रीय कार्यालयनजिकै रहेको खोला किनारमा पुगेका थिए।

निरन्तरको वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलाको जलसतह बढेको छ। बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार