दुबईबाटै नेपाली राहदानी घरमै डेलिभरी हुने

दुबईबाटै नेपाली राहदानी घरमै डेलिभरी हुने

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएको राहदानी (पासपोर्ट) इमिरेट्स पोष्टमार्फत सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गरेको छ । महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै राहदानी लिन कार्यालयमै आउनुपर्दा छुट्टी मिलाउनुपर्ने, समय तथा यात्रा खर्च हुने भएकाले सेवाग्राहीबाट हुलाकमार्फत राहदानी डेलिभरीको व्यवस्था गर्न अनुरोध हुँदै आएकाले यस्तो सुविधा सुरु गरिएको जनाएको हो । अब राहदानीका लागि आवेदन दिने व्यक्तिले बायोमेट्रिक दिने समयमा नै राहदानी डेलिभरीसम्बन्धी फाराम भरेर बुझाउनुपर्नेछ । राहदानी बनेर आएपछि डेलिभरीका लागि इमिरेट्स पोष्टलाई उपलब्ध गराइनेछ । राहदानी प्राप्त गर्ने क्रममा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोष्टलाई १५ दिराम डेलिभरी शुल्क तथा ५ प्रतिशत भ्याटसहित जम्मा १५.७५ दिराम बुझाउनुपर्नेछ । महावाणिज्यदूतावासका अनुसार यो सेवा स्वैच्छिक रहेको छ र घरमै राहदानी डेलिभरी आवश्यक पर्ने सेवाग्राहीले मात्रै उक्त सेवा उपयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार