मनकामना केबलकारको गेटभित्र सडक भासिएपछि सेवा बन्द

मनकामना केबलकारको गेटभित्र सडक भासिएपछि सेवा बन्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएपछि केबलकार सेवा बन्द भएको छ। निरन्तरको वर्षासँगै त्रिशूली नदीको बहाव बढ्दा गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा नदीले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो। इच्छाकामना–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षाका कारण नदीले धार परिवर्तन गर्दा मुख्य राजमार्गमा समेत चिरा परेको छ। नदीको तीव्र बहावले झोलुङ्गे पुलमा निरन्तर असर पारिरहेकाले आसपासका क्षेत्रमा थप जोखिम बढेको उनले बताए। सडक भासिएपछि हाल मनकामना केबलकार सेवा पूर्ण रूपमा बन्द गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार