बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा हेटौंडामा सवारीको चाप

बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा हेटौंडामा सवारीको चाप

हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि आइतबार हेटौंडामा सवारीसाधनको चाप बढेको छ। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बस वैकल्पिक मार्गतर्फ केन्द्रित भएका छन्। हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गमा समेत विभिन्न स्थानमा अवरोध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको हो। सडकको क्षमता तथा सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनका लागि समय तथा भारसम्बन्धी सीमा तोकेपछि हेटौंडामा काठमाडौं जाने मालवाहक सवारीसाधन तथा यात्रुवाहक बसको लामो लाइन देखिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार