मनाङको हिम्लुङमा हिमपहिरो : दुई टुरिस्ट गाइडको मृत्यु

मनाङको हिम्लुङमा हिमपहिरो : दुई टुरिस्ट गाइडको मृत्यु

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा आइतबार गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेर सम्पर्कविहीन भएका दुई जनाको शव फेला परेसँगै उनीहरूको पहिचान खुलेको हो ।मृत्यु हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का क्षेपी भोटे र सोही गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटे रहेका छन् । जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराका अनुसार दुवै जना टुरिस्ट गाइड हुन् ।फेला परेका दुवै जनाको शव कैलाश हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।हिमपहिरो गएको क्षेत्रमा अझै केही मानिस सम्पर्कविहीन रहेको बताइएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि कैलाश हेलिकप्टरमार्फत उद्धारकर्मी घटनास्थलमा पठाइएको र खोजी कार्य जारी रहेको इन्स्पेक्टर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार