• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

कर्णालीका यातायात कार्यालयबाट ३५ करोड बढी राजस्व सङ्कलन

कर्णालीका यातायात कार्यालयबाट ३५ करोड बढी राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशका यातायात कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व सङ्कलन भएको छ। कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिमस्थित यातायात कार्यालयबाट उक्त राजस्व सङ्कलन भएको हो।यातायात व्यवस्था कार्यालय सुर्खेतले सबैभन्दा बढी रु २९ करोड ५६ लाख नौ हजार ४१० राजस्व सङ्कलन गरेको मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए। उनका अनुसार जुम्लाबाट करिब रु दुई करोड र रुकुमपश्चिमबाट रु तीन करोड ५७ लाख ९१ हजार ६५० राजस्व सङ्कलन भएको छ।सङ्कलित कुल राजस्वमध्ये सवारीसाधन करको योगदान सबैभन्दा बढी ८७.४६ प्रतिशत रहेको छ। त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व सङ्कलन भएको सचिव बमले बताए।मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन तथा प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ गर्ने जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार