काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ कहिले दिने हुन् भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले सरकार र सरकार प्रमुखले संसद्प्रति पूरा गर्नुपर्ने जिम्मेवारीबारे गम्भीर बन्न आग्रह गरे।राईले सभामुखमार्फत सरकारसँग प्रश्न गर्दै भने, “सदनमा सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ?” उनले गत १० गते उठाइएको विषय तथा जिम्मेवारी अहिलेसम्म पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद राईले प्रधानमन्त्री शाह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।