• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

बीपी राजमार्ग पुनः सञ्चालनमा

बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँ । बिहीबारदेखि लगातार परेको वर्षाका कारण रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको अस्थायी ट्र्याक बगाएपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । वर्षा रोकिएसँगै डाइभर्सन निर्माण गरी मंगलबारदेखि राजमार्ग सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । विभागका अनुसार मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो खस्नुका साथै डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको थियो । आवश्यक मर्मत तथा डाइभर्सन निर्माणपछि अहिले बीपी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार