• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

सडक सञ्जाल अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या, सरकारको ध्यानाकर्षण

सडक सञ्जाल अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या, सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध हुँदा उत्पन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद कर्णले बाढी तथा पहिरोका कारण ठाउँ–ठाउँमा सडक भत्किएकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन अवस्था रहेको बताइन्।सडक सञ्जाल अवरुद्ध हुँदा बजारमा महँगी बढ्नुका साथै नागरिकले दैनिक उपभोग्य वस्तुसमेत सहज रूपमा पाउन नसकेको उनले बताइन्। अत्यावश्यक वस्तुको आपूर्तिमा गम्भीर असर परेको भन्दै कर्णले सडक सञ्चालन हुन नसकेको अवस्थामा नागरिकलाई आवश्यक वस्तु सहज रूपमा उपलब्ध गराउन सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।सडक अवरोधका कारण नागरिकको जनजीवन थप कष्टकर बन्नुका साथै कालोबजारीसमेत बढ्न सक्ने जोखिम रहेको उल्लेख गर्दै सांसद कर्णले तत्कालीन तथा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरिन्। साथै, सडक सञ्जाल बन्द भएको अवस्थामा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारको ठोस योजना के छ भन्नेबारे स्पष्ट जवाफ दिन उनले माग गरिन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार