• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

ओखलढुंगाका दुवै प्रदेशमा कांग्रेसको १५औँ महाधिवेशन आयोजक समिति संयोजक तोकिए

ओखलढुंगाका दुवै प्रदेशमा कांग्रेसको १५औँ महाधिवेशन आयोजक समिति संयोजक तोकिए

काठमाडौँ । डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा संयोजकको जिम्मेवारी तोकेको छ। १५औँ महाधिवेशन आयोजक समितिका केन्द्रीय प्रतिनिधि गोमा केसीले मंगलबार दुवै प्रदेशका संयोजकको जिम्मेवारी तोकेकी हुन्।समितिले प्रदेशसभा निर्वाचन क्षेत्र (क) को संयोजकको जिम्मेवारी विश्वराज राईलाई दिएको छ। राई पुराना कांग्रेस नेता तथा प्रजातन्त्र सेनानी भैरव राईका छोरा हुन्। पञ्चायतकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भैरव राईको परिवार पार्टीभित्र विभिन्न अवसरबाट वञ्चित हुँदै आएको बताइएको छ।त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) को संयोजकको जिम्मेवारी देवेन्द्रराज पौडेललाई दिइएको छ। पौडेल २०४६ सालअघि नै नेपाल विद्यार्थी संघको राजनीतिमा आबद्ध भएका थिए। पार्टी राजनीतिमा निरन्तर सक्रिय रहे पनि हालसम्म कुनै महत्वपूर्ण अवसर नपाएका पौडेल ओखलढुंगाको पश्चिमी भूगोलका पुराना तथा इमानदार नेताका रूपमा चिनिन्छन्।

यसअघि ओखलढुंगा जिल्ला संयोजकको जिम्मेवारी पुराना नेता राजभण्डारीलाई दिइएको थियो। कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याए पनि हालसम्म पार्टीबाट कुनै अवसर नपाएका नेतामध्ये राजभण्डारी पनि एक रहेको बताइएको छ।विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कांग्रेसले महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गर्ने तयारी गरिरहेका बेला डा. कोइराला पक्षले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो। सोही क्रममा जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी नेताहरूलाई बाँडफाँट गरिएको छ।डा. कोइराला पक्षले आगामी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार