काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्। नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी चासोका विभिन्न विषयमा छलफल भएको थियो। राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री शाहसँग विदाई भेट गरेका हुन्।