• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

ज्येष्ठ नागरिक दिवसमा नर्भिकको निःशुल्क ओपीडी

ज्येष्ठ नागरिक दिवसमा नर्भिकको निःशुल्क ओपीडी

काठमाडौं । विश्व ज्येष्ठ नागरिक दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि तीन दिन निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । हस्पिटलका अनुसार असोज १४ देखि १६ गतेसम्म (सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म) ज्येष्ठ नागरिकले निःशुल्क ओपीडी सेवा लिन सक्नेछन् । साथै, यस अवधिमा स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।निःशुल्क ओपीडी सेवा बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने हस्पिटलले जनाएको छ । उमेर बढ्दै जाँदा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले ज्येष्ठ नागरिकले समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डेले बताइन् ।निःशुल्क ओपीडी सेवा लिन इच्छुक ज्येष्ठ नागरिकले ०१–५९७००३२ वा ९८०२१७००३२ मा सम्पर्क गर्न सक्ने हस्पिटलले जनाएको छ । ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै नर्भिकले जेरियाट्रिक केयर सेवा पनि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार