• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीद्वारा प्रदेश नेतृत्वलाई पार्टी एकढिक्का बनाएर निर्वाचनमा जुट्न निर्देशन

ओलीद्वारा प्रदेश नेतृत्वलाई पार्टी एकढिक्का बनाएर निर्वाचनमा जुट्न निर्देशन

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टीलाई एकढिक्का बनाएर आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। मंगलबार दिउँसो एमाले पार्टी कार्यालयबाट प्रदेशका नेताहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले तय गरेको तत्कालीन प्रमुख कार्यभार कार्यान्वयनमा जोड दिएका हुन्।अध्यक्ष ओलीले उक्त कार्यभार पूरा गर्न तय गरिएका १५ वटा कामलाई प्रभावकारी रूपमा अघि बढाउन प्रदेश नेतृत्वलाई आग्रह गरेका छन्। उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै स्थानीय निर्वाचनमा राम्रो नतिजा ल्याउने गरी सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिएका छन्।सम्बोधनका क्रममा ओलीले संविधान र लोकतन्त्र घाइते अवस्थामा रहेको दाबी गर्दै त्यसको संरक्षणका लागि एमाले आवश्यक परे जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अध्यक्ष ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार