महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडियो

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीको बहावले पुलको बीच भागमा रहेको एक पोल बगाएपछि पुल चुँडिएको हो।नेपालका सबैभन्दा लामामध्ये एक मानिने यो झोलुङ्गे पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ। १ हजार ४५२.९६ मिटर लामो र १.६ मिटर चौडा रहेको यो पुल महाकाली नदीले छुट्याएको दोधारा–चाँदनी क्षेत्र र भीमदत्तनगरबीच आवतजावतको महत्वपूर्ण माध्यमका रूपमा रहेको थियो।भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा स्थानीय बासिन्दाको आवतजावत सहज बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको पुल चुँडिएपछि त्यस क्षेत्रको आवागमन प्रभावित भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार