महिला निजामती कर्मचारीलाई महिनावारी बिदा दिने व्यवस्था प्रस्ताव

महिला निजामती कर्मचारीलाई महिनावारी बिदा दिने व्यवस्था प्रस्ताव

काठमाडौँ । सरकारले संसद्मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। विधेयकको बुँदा नम्बर १२५ मा निजामती कर्मचारीले पाउने बिदाको सूचीमा ‘महिनावारी/रजस्वला बिदा’ समावेश गरिएको हो।हाल प्रचलित कानुनमा बिरामी बिदा, प्रसूति बिदा तथा प्रसूति स्याहार बिदाजस्ता सुविधा रहे पनि महिनावारीका लागि छुट्टै बिदाको व्यवस्था छैन। प्रस्तावित विधेयक संसद्बाट पारित भई ऐनका रूपमा लागू भएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीले महिनावारीका समयमा अलग्गै बिदा पाउने व्यवस्था हुनेछ। सरकारले प्रस्ताव गरेको यो व्यवस्थाले महिला कर्मचारीको स्वास्थ्य, सहजता र कार्यस्थलमा अधिकारलाई थप सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार