काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अन्स्टले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालमा जलवायु परिवर्तनका कारण देखिएका चुनौती, हालै रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट भएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल भएको बताइएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको राजदूत अन्स्टले जानकारी दिएका छन्।