कांग्रेस महाधिवेशनमा विद्युतीय मतदान नहुने, कागजी मतपत्रबाटै मतदान गरिने

कांग्रेस महाधिवेशनमा विद्युतीय मतदान नहुने, कागजी मतपत्रबाटै मतदान गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान नहुने भएको छ। विद्युतीय मेसिनबाट मतदान गराउँदा पनि नतिजा सार्वजनिक गर्न एक दिनभन्दा बढी समय लाग्न सक्ने भन्दै कांग्रेसले कागजी विधिबाटै मतदान गर्ने तयारी गरेको हो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भोलिदेखि उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको छ। मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान, कमलादी गरी तीन स्थानमा व्यवस्था गर्ने तयारी गरिएको छ।

कांग्रेसका एक नेताका अनुसार विद्युतीय मतदानका विषयमा राम–लक्ष्मणसँग छलफल गरिएको थियो। तर सात हजारभन्दा बढी प्रतिनिधि रहेकाले विद्युतीय मेसिन प्रयोग गर्दा पनि एक–दुई दिनमै नतिजा निकाल्न सम्भव नहुने जानकारी प्राप्त भएपछि पुरानै कागजी विधिबाट मतदान गर्ने निष्कर्षमा पार्टी पुगेको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार