कांग्रेसको १५औँ महाधिवेशनको रौनक सानेपामा

कांग्रेसको १५औँ महाधिवेशनको रौनक सानेपामा

काठमाडौँ । आजदेखि सुरु हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको रौनक पार्टी कार्यालय सानेपामा देखिएको छ। दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने कार्यक्रम भए पनि महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू बिहानैदेखि पार्टी कार्यालयमा भेला भएका छन्।

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा कार्यकर्ताहरू भेटघाट, भोट माग्ने र प्रचारप्रसारमा व्यस्त देखिएका छन्। विभिन्न समूह तथा उम्मेदवारहरूले आफ्नो पक्षमा समर्थन जुटाउन प्रतिनिधिहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

आज उद्घाटन सत्र सम्पन्न भएपछि भोलिदेखि खुलामञ्चमै बन्द सत्र सञ्चालन हुनेछ। यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका साथै विभिन्न जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउनेछन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार