काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन हुने स्थल खुलामञ्चमा चहलपहल बढ्न थालेको छ। आज दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाटन समारोह सुरु हुन दुई घण्टाअघि नै महाधिवेशन प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ताहरू खुलामञ्चमा जुट्न थालेका छन्। महाधिवेशनलाई लक्षित गर्दै खुलामञ्च परिसरमा आवश्यक तयारीसमेत गरिएको छ।