काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशन उद्घाटनका लागि खुलामञ्चमा आवश्यक तयारी पूरा भएको छ। दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन कार्यक्रम आयोजना हुनेछ भने सोमबारदेखि बन्दसत्र सुरु हुने कार्यक्रम छ। यसपटकको महाधिवेशनमा नेपाली कांग्रेसकै शेरबहादुर देउवा समूहको भने सहभागिता नरहेको बताइएको छ।