मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने

मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने

चितवन । मनकामना केबलकार भोलि मंगलबार एक दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केबलकार सेवा एक दिन बन्द रहने जनाएको हो । चाडपर्व सुरु हुनुअघि सेवाको सुरक्षा र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न नियमित तालिकाअनुसार मर्मतसम्भारको काम गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २१ असोज बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार