तेजुलाल चौधरीले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने

तेजुलाल चौधरीले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तेजुलाल चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्। चौधरीले थारु क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। उनले ‘इमानदार, निष्ठावान्, नेतृत्व विकासप्रेमी र भ्रष्टाचारविरोधी’ नेतृत्वका लागि आफूले उम्मेदवारी दिन लागेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार