काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार दिउँसो से ६ प २२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वेदकोट नगरपालिका–५ का २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।