दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा अनुसन्धानको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा अनुसन्धानको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा भएको अनुसन्धान तथा म्याद थपसम्बन्धी सक्कल फाइल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त फाइल इजलासमा पेश गर्न आदेश दिएको हो।

यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण खुलाएर ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। प्रसाईँलाई असार १२ गते प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ। प्रसाईँमाथि युट्युबमार्फत सांसद खतिवडाको छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार