• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

ढुंगानाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

ढुंगानाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

धादिङ । नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उनले केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी घोषणा गरेका हुन्। ढुंगाना २०७४ सालमा नीलकण्ठ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए। पहिलो कार्यकालमा नेपाल नगरपालिका संघको महासचिवको जिम्मेवारी सम्हालेका उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएपछि नेपाल नगरपालिका संघको अध्यक्ष बनेका हुन्। केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेसँगै देशभरका महाधिवेशन प्रतिनिधिबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको ढुंगानाले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार