काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र वर्षाका कारण दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसको नीति, प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यका अनुसार वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएका छन् । बन्दसत्र आयोजना गरिएको हलसम्म पुग्ने बाटोसमेत पानीले ढाकिएपछि निर्धारित समय सारिएको हो । वर्षा नरोकिएपछि प्रतिनिधिहरूलाई बन्दसत्रस्थलसम्म पुग्न कठिनाइ भएकाले दिउँसो ४ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको आचार्यले जानकारी दिए ।